Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि म्यान्चेष्टर सिटी र चेल्सी खेल्ने 

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि म्यान्चेष्टर सिटी र चेल्सी खेल्ने 

images

एजेन्सी

२३, बैशाख २०७८
च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि म्यान्चेष्टर सिटी र चेल्सी खेल्ने 
images

चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो ।

प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजा सहित फाईनल प्रवेश गर्न सफल भएको छ ।दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक गोल गर्नुभयो ।

अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको फाईनल खेल्नेछ । चेल्सीले च्याम्पियन्स लिगको उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले मंगलबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाईनल यात्रा तय गरिसकेको छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - ०९:४६:४७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology