Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अन्ततः बैशाख २२ गते राती १२ बजेदेखि तनहुँमा पनि निषेधाज्ञा जारी

अन्ततः बैशाख २२ गते राती १२ बजेदेखि तनहुँमा पनि निषेधाज्ञा जारी

images

इच्छाकामना न्युज

२१, बैशाख २०७८
अन्ततः बैशाख २२ गते राती १२ बजेदेखि तनहुँमा पनि निषेधाज्ञा जारी
images

तनहुँ, २१ बैशाख । कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले दिएको सिफारिसका आधारमा अन्ततः तनहुँ प्रशासनले पनि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको केन्द्रको बैठकले बैशाख २२ गते मध्यरात १२ बजेबाट लागू हुने गरी वैशाख मसान्तसम्म अत्यावश्यक बाहेकका आवतजावतमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

prasasan-niseshagya-sifaris-1-734x1024.jpg

बैठक लगत्तै सोही सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

तर अत्यावश्यक वस्तुको खरिदका लागि भने समय दिने गरी निषेधाज्ञा आदेश जारी भएको छ । अत्यावश्यक सामग्रीको खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म समय तय भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - २०:१६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology