स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक जाभी ग्रासियालाई बर्खास्त गरेको छ । भ्यालेन्सियाले हिजो स्पेनिस प्रशिक्षक ग्रासियालाई बर्खास्त गरेको हो ।
मालागा तथा वाट्फोर्डका पूर्व प्रशिक्षक समेत रहनुभएका ग्रासिया १० महिनामै बर्खास्तमा पर्नुभएको हो । ग्रासियाले भ्यालेन्सियासँग दुई वर्षे सम्झौता गर्नुभएको थियो । क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि ग्रासियालाई बर्खास्त गरेको बताएको हो ।
अल्बर्ट सेलाडेसलाई बर्खास्त गर्दै भ्यालेन्सियाले गत जुनमा ग्रासियालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । यस सिजनमा भ्यालेन्सिया लिगको १४ औं स्थानमा रहेको छ ।