Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सङ्क्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने 

सङ्क्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने 

images

इच्छाकामना न्युज

२१, बैशाख २०७८
सङ्क्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने 
images

काठमाण्डौ, २१ बैशाख । सङ्क्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने भएका छन् । देशमा कोरोनाको दोस्रो लहर तीव्र फैलिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड–१९ काज बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरेको हो ।

जसअनुसार कोभिड सङ्क्रमण भई घरमै आइसोलेसनमा बसेका कर्मचारीले १४ दिन र अस्पताल भर्ना भई उपचार गराउनुपरेमा सो अवधिभर काज बिदा दिने व्यवस्था गरिएको हो । यसबाहेक कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले चार दिन काज बिदा पाउनेछन् । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ ।

त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ । सङ्क्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार मन्त्रिपरिषद्को १० मंसिर ०७७ को बैठकले कोभिड काज बिदाको निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपपरिषद् कार्यालयले १५ वैशाखमा पुनः परिपत्र गरेर कोभिड काज बिदा दिन भनेको हो ।

सामान्यतया निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । तर, कोभिड सङ्क्रमितलाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदाको व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०९:०६:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology