Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि धादिङमा पनि निषेधाज्ञा, सवारी साधनहरु मौवाखोलामा मै रोकिए

आजदेखि धादिङमा पनि निषेधाज्ञा, सवारी साधनहरु मौवाखोलामा मै रोकिए

इच्छाकामना न्युज

२१, बैशाख २०७८
आजदेखि धादिङमा पनि निषेधाज्ञा, सवारी साधनहरु मौवाखोलामा मै रोकिए
images

मौवाखोला , २१ बैशाख । धादिङमा आजदेखि निषेधाज्ञा सुरु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

images
images

धादिङमा पनि कोरोना संक्रमितको दर तिव्र रुपमा बढ्दै गएका कारण (आज)  बैशाख  २१ गते बिहान ६ बजेदेखी ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको संयोजकत्वमा बसेको वैठकले यस्तो गरेको हो ।

आज बिहान ६ बजेदेखि नै चितवन तर्फबाट गएका सवारी साधनहरुलाई धादिङ छिर्न दिएका छैनन्  । सुरक्षाकर्मीले अत्यावश्यक बाहेकका सवारी साधनहरुलाई मौवाखोलामै रोकेका हुन् ।

तस्वीरः दान बहादुर गुरुङ

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०८:३६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology