Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेलडाँडाका विष्णुमाया विकको उपचारका लागि माओवादी केन्द्र र एमाले इच्छाकामनाद्वारा आर्थिक सहयोग प्रदान

बेलडाँडाका विष्णुमाया विकको उपचारका लागि माओवादी केन्द्र र एमाले इच्छाकामनाद्वारा आर्थिक सहयोग प्रदान

इच्छाकामना न्युज

२०, बैशाख २०७८
बेलडाँडाका विष्णुमाया विकको उपचारका लागि माओवादी केन्द्र र एमाले इच्छाकामनाद्वारा आर्थिक सहयोग प्रदान
images

कुरिनटार, २० बैशाख । चितवनको इच्छाकामना गाउँपालिका ४ बेलडाडाका विष्णुमाया विकको उपचारका नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आर्थिक सहयोग गरेको छ। उनीहरुले पिडीत विकको उपचारको लागि नगद पाँच–पाँच हजार आर्थिक सहयोग गरेको हो। 

images
images

टाउकोको नसा फुटी अचेत अवस्थामा उपचार गराइरहनुभएका विकको उपचारका लागि आज मात्रै विभिन्न संघसंस्था र व्यक्तिहरुले १९ हजार ८ सय रुपैयाँ रकम सहयोग गरिएको छ।

जसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ५–५ हजारका साथै नेकपा एमालेका गाउँ कमिटी सचिव रुद्रप्रसाद उप्रेतीले आज आफ्नो जन्मदिनको अवसर पारेर ५ हजार ५ सय सहयोग गर्नुभएको छ । उप्रेतीले यस अघि पनि जन्मदिनको अवसरमा सहयोग गर्दै आउनुभएको छ ।

यसै गरि ऋषि सिलवालबाट ५ सय, रामचन्द्र सिलवाल १ हजार, शिवहरि सिलवालबाट ६ सय, मान बहादुर गुरुङबाट १ हजार, बलराम सिलवालबाट ७ सय र रामप्रसाद त्रिपाठीबाट ५ सय सहयोग प्राप्त भएको छ । अहिले विकको काठमाडौँ बिर हस्पिटलमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - १९:४९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology