घैरुङ, २० बैशाख । गोरखाको शहिद लखन गाउँपालिकामा आज मात्रै १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गाउँपालिकाको वडा नं. ९ का ३ महिला र ३ पुरुष, वडा नं ८ का ३ महिला र ४ पुरुष का साथै वडा नं ६ की एक महिला गरि १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शहिद लखन गाउँपालिकामा १४ सहित गोरखा जिल्लाभर आज २१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा आरुघाट गाउँपालिकामा ५ जना, पालुङटार नगरपालिका र भिमसेनथापा गाउँपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आरुघाट गाउँपालिका वडा नं. ८ का २ पुरुष र ३ महिलामा पनि संक्रमण देखिएको छ भने पालुङटार नगरपालिका वडा नं ५ की एक महिलामा संक्रमण देखिएको छ । त्यस्तै भिमसेन थापा गाउँपालिका वडा नं ८ का एक पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनलायद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख रहेको छ ।