इटालियन सिरी ‘ए’ को उपाधि इन्टर मिलानले जितेको छ । १० खेलाडीमा झरेको एटलान्टाले सासुउलोसँग १–१ गोलको बराबरी खेलेपछि इन्टरले ४ खेल अगावै लिगको उपाधि हात पारेको हो ।
इन्टरले सन् २००९/१० को सिजनपछि सिरी ‘ए’ को उपाधि जित्न सकेको थिएन । अघिल्लो सिजनमा उपविजेता बनेको इन्टरले यो विचमा कोपा इटालीयाको उपाधि सन् २०१० मा जितेको थियो । सिरी ‘ए’ को उपाधि जित्नका लागि एटलान्टाले जित निकालेको खण्डमा इन्टरलाई आफ्नो अर्को खेल कुर्नुपर्ने थियो ।
तर, बराबरीमा रोकिएपछि इन्टरले मैदान बाहिर बसेर नै उपाधि हात पारेको हो ।