Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल क्रिकेटमा आज कोलकोत्ता र बैंगलोर खेल्दै 

आईपीएल क्रिकेटमा आज कोलकोत्ता र बैंगलोर खेल्दै 

images

एजेन्सी

२०, बैशाख २०७८
आईपीएल क्रिकेटमा आज कोलकोत्ता र बैंगलोर खेल्दै 
images

भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक मात्र खेल हुने भएको छ । आज हुने खेलमा तेस्रो स्थानमा रहेको बैंगलोर र तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने छ ।

कोलकोत्ता र बैंगलोरबीचको खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा दिल्ली र राजस्थानले जित पारेको छ ।

हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गरेको थियो भने दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको थियो । हिजोको खेलमा जित हात पारेसँगै दिल्ली लिगको शिर्ष स्थानमा समेत उक्लिएको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - ०९:५६:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology