चितवन, २० बैशाख । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका विभिन्न स्थानमा मौसम बदली हुने बताएको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका विभिन्न प्रदेशमा सामान्यदेखि पूर्ण मौसम बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
महाशाखाले अहिले देशको प्रदेश १, प्रदेश २ तथा पहाडी भू–भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेको बताएको छ। यस्तै आज दिउँसो देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ।
अपराह्नपछि देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने भन्दै महाशाखाले देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ।