Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काठमाडौँमा जारी गरिएको निषेधाज्ञाको आदेश बारे समीक्षा गरिने 

काठमाडौँमा जारी गरिएको निषेधाज्ञाको आदेश बारे समीक्षा गरिने 

images

इच्छाकामना न्युज

२०, बैशाख २०७८
काठमाडौँमा जारी गरिएको निषेधाज्ञाको आदेश बारे समीक्षा गरिने 
images

काठमाण्डौ, २० बैशाख । काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आदेश र कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार बैठकमा थप केही क्षेत्रमा कडाइ गर्ने बारे छलफल हुनेछ ।

एक हप्ताका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएकोमा एक साता निषेधाज्ञाको समय थप गर्ने बारेमा पनि छलफल र आवश्यक निर्णय गरिने उहाँले सीआईएनसँग बताउनुभयो । मन्त्रिपरिषद्को अघिल्लो बैठकले आवश्यक परेमा निषेधाज्ञाको समय २ हप्तासम्म तोक्नका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएको थियो ।

खाद्यान्नका पसल बिहानबेलुका चलाउन दिँदा भीड भएको भन्दै बिहान मात्रै सञ्चालन गर्ने बारेमा पनि बैठकमा कुराकानी हुने उहाँले बताउनुभयो । सरकारी कार्यालय र बैँक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतमा पनि कडाइ गर्ने तयारी प्रहरी प्रशासनको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा गएको बिहीबारदेखि कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै एक साताको निषेधाज्ञा आदेश जारी गरिएको छ । 

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - ०९:४२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology