Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज मध्यरातिदेखि अन्तरिक र पर्सिबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिने 

आज मध्यरातिदेखि अन्तरिक र पर्सिबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिने 

images

इच्छाकामना न्युज

२०, बैशाख २०७८
आज मध्यरातिदेखि अन्तरिक र पर्सिबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिने 
images

काठमाण्डौ, २० बैशाख । नोबेल कोरोना भाइस (कोभिड–१९) को सङ्क्रमण दर रोक्न सरकारले आज मध्यरातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडान भने पर्सि मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषद्को हिजोको बैठकले गरेको हो ।

बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार हवाइ उडान बन्द गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । गत शुक्रबार बसेको सीसीएमसी बैठकले भीडभाड बढेको भन्दै आन्तरिक उडान बन्द गर्न सिफारिस गरेकोथियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलको भीड कम गर्न भन्दै आन्तरिक उडानमा कोटा प्रणाली लागू गरेको छ।सरकारले कोटा प्रणाली लागु गरेसँगै आज भने ४१ वटा मात्रै उडान हुने विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल कार्यालयले एक घण्टामा ३ वटा उडान गर्ने गरी बजार हिस्साको आधारमा एयरलाइन्स कम्पनीलाई कोटा निर्धारण गरेको हो। त्यसअनुसार बुद्धले १८, यतीले १०, श्रीले ५, स्टल २ र साना जहाजका लागि ६ वटा उडानको कोटा तोकिएको छ । 

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - ०९:३८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology