Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वभर कोरोनाका ४ करोड ६ लाख सङ्क्रमित हुदा ३ करोड भन्दा धेरै निको 

विश्वभर कोरोनाका ४ करोड ६ लाख सङ्क्रमित हुदा ३ करोड भन्दा धेरै निको 

एजेन्सी

४, कार्तिक २०७७
विश्वभर कोरोनाका ४ करोड ६ लाख सङ्क्रमित हुदा ३ करोड भन्दा धेरै निको 
images

काठमाण्डौ, ४ कार्तिक
विश्वभर अहिलेसम्म ४ करोड ६ लाख मानिसमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ। 
पछिल्लो २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका वल्ड्रोमिटरले जनाएको छ। अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन्। जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ।
११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ। अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन्। २ लाख २५ हजारको भने ज्यान गएको छ। यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन्। १ लाख १५ हजारको ज्यान गएको छ।
यसैगरी ५२ लाख ५० हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ४६ लाख ८१ हजार निको भएका छन्। ब्राजिलमा १ लाख ५४ हजारको ज्यान गएको छ।

images
images

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - ०८:२१:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology