Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज चौथो सूचना प्रविधि दिवस मनाइँदै 

आज चौथो सूचना प्रविधि दिवस मनाइँदै 

images

इच्छाकामना न्युज

१९, बैशाख २०७८
आज चौथो सूचना प्रविधि दिवस मनाइँदै 
images

काठमाण्डौ, १९ बैशाख । आज चौथो राष्ट्रिय सूचनाप्रविधि दिवस मनाइँदैछ । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिवसको अवसरमा शुभकामना दिँदै सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । उहाँले सबैलाई सूचना प्रविधिसँग जोड्दै ‘समृद्ध नेपाल ः सुुःखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

आजको युुग सूचना तथा सञ्चार प्रविधिको युुग भएको उहाँको भनाइ छ । राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले सोही लक्ष्य हासिल हुने गरी सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी कार्यान्वयनमा लैजान ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको बताउनुभयो ।

सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्था, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने कार्य गरेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । 

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ०९:२०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology