Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आगामी दुईतीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग 

आगामी दुईतीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग 

इच्छाकामना न्युज

१९, बैशाख २०७८
आगामी दुईतीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग 
images

चितवन, १९ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली हुने बताएको छ । महाशाखाले गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ ।

images
images

मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको बताउनुभयो । उहाँले  हाललाई केहि समयका लागि वर्षा रोकिएपनि दिउँसो वा अपराह्नपछि भने देशभरकै पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

मौसमविद् श्रेष्ठका अनुसार २/३ दिनसम्म यस्तै मौसमको सम्भावना रहेको छ । मौसम बदली हुने र दिउँसोपछि मेघगर्जनसहित वर्षा हुने क्रम जारी रहने देखिएको भन्दै  उहाँले सतर्क रहन पनि आग्रह गर्नुभयो ।

विभागले बिहान जारी गरेको बुलेटिनमा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ०९:१९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology