Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आज पेश हुँदै 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आज पेश हुँदै 

इच्छाकामना न्युज

१९, बैशाख २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आज पेश हुँदै 
images

बुटवल, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुने भएको छ । प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने प्रदेशसभका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

images
images

हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको थियो । मुख्यमन्त्री पोखरेलविरुद्ध यही वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्ताव दर्तापछि सांसदहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम आज दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सभामा अविश्वासको प्रस्ताव आज पेश भएपनि मतदान भने भोलि मात्रै हुने बताइएको छ ।

मुख्यमन्त्री पोखरेललाई सत्ता जोगाउन ४१ सांसदको आवश्यकता पर्छ । ४१ सांसद एमालेकै छन् । तर पार्टीभित्रको अन्तरद्वन्द्वका कारण पोखरेलको पक्षमा ४१ मत प्राप्त हुनेमा आशंका उब्जिएको छ । 

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ०९:१७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology