Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपालगञ्जमा असिक्जन सहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालन 

नेपालगञ्जमा असिक्जन सहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालन 

images

सिआईएन

१९, बैशाख २०७८
नेपालगञ्जमा असिक्जन सहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालन 
images

नेपालगंज, १९ बैशाख । कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा बेड अभाव भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले असिक्जनसहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरेको छ ।

भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानस्थित तालिम केन्द्रमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले सीआईएनसँग बताउनुभयो ।

उहाँका अनुसार  आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोना सङ्क्रमितको उपचारका लागि भेरी अस्पतालमा परेको चाप कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले सङ्क्रमण समुदायस्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आइसोलेसनले सहयोग पु¥याउने बताउनुभयो ।

आइसोलेसनमा बस्नेहरूलाई खाना र खाजाको समेत व्यवस्था उपमहानगरपालिकाले गरेको छ । विरामी ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिएको छ । 

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ०९:१४:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology