Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा कोरोना संक्रमितको संख्या १००० नजिक पुग्यो, २४ घण्टामा १६० जना थपिए

चितवनमा कोरोना संक्रमितको संख्या १००० नजिक पुग्यो, २४ घण्टामा १६० जना थपिए

इच्छाकामना न्युज

१८, बैशाख २०७८
चितवनमा कोरोना संक्रमितको संख्या १००० नजिक पुग्यो, २४ घण्टामा १६० जना थपिए

चितवन, १८ वैशाख । २४ घण्टामा चितवनमा १६० जना कोरोना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत २४ घण्टामा भरतपुर महानगरपालिकामा १२१ जना, खैरहनी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा १६, माडीमा १ जना, राप्तीमा ४ जना, कालिकामा २ जना र इच्छाकामनामा ८ जना थपिएका छन् ।

images

यससँगै चितवनमा सक्रीय संक्रमितको संख्या ९८८ पुगेको छ । यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या कुल सात हजार ९६४ पुगेको छ । जसमध्ये ११७ जनाको मृत्यु भइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ७५ जना र घरमा आइसोलेसनमा ९१३ जना रहेका छन् ।

 

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - २१:०६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology