Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इच्छाकामना बाँसपुरका राममाया गुरुङको उपचार सुरु, आर्थिक सहयोग समेत जुट्न थाल्यो

इच्छाकामना बाँसपुरका राममाया गुरुङको उपचार सुरु, आर्थिक सहयोग समेत जुट्न थाल्यो

लण्डन निवासी चितवनका तेजमान गुरुङद्वारा ७५ र प्ये ल्हु संघ हङकङका अध्यक्ष मान बहादुर गुरुङद्वारा नगद १० हजार सहयोग

images

इच्छाकामना न्युज

१७, बैशाख २०७८
इच्छाकामना बाँसपुरका राममाया गुरुङको उपचार सुरु, आर्थिक सहयोग समेत जुट्न थाल्यो
images

चितवन, १७ चैत । इच्छाकामना गाउँपालिका २ बाँसपुरका राम माया गुरुङको उपचार हुने भएको छ । हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत एक बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार हुने भएको हो ।

उहाँको पहलमा ९८ हजार ८४५ रुपैयाँ सहयोग जुटेपछि रामायालाई उपचारका लागि शुक्रबार थेरापी सेन्टरमा पुन भर्ना गरिएको छ । चितवनको रामपुर घर भई हाल लण्डनमा रहनुभएका तेजमान गुरुङले रु ७५ हजार, कास्की नेपाल घर भएका प्ये ल्हु संघ हङकङका अध्यक्ष मान बहादुर गुरुङले रु १० हजार, चितवनको इच्छाकामना ३ स्निेरी चौतारा हाल दबैबाट रु १० हजार र लमजुङका भीषम गुरुङले हाल साउदीबाट रु ३ हजार ८४५ सहयोग गर्नुभएको हो ।

1619799595178850767_220111213248783_1322.jpg

उक्त रकम शुक्रबार वडा सदस्य बुद्धिमान गुरुङको उपस्थितिमा विरामीलाई हस्तान्तरण गरि उपचारका लागि थेरापी सेन्टर लगिएको हो । पुरानो मेडिकल कलेज चितवनमा अपरेशन पछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिएपनि आर्थिक अभाव भएपछि घर फिर्ता गरिएको थियो । दुई महिनामा स्वास्थ्यमा सुधार आएपनि आर्थिक अवस्था कमजोरका कारण घर फिर्ता गरिएको उहाँका श्रीमान् याम बहादुर गुरुङले बताउनुभयो ।

हड्डीको टिबीका कारण शरिरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक बर्ष भइसेको छ ।आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताउनुभयो ।

यस अघि पनि तिर्सना गुरुङकै पहलमा उपचारका लागि सिस्नेरी चौतारा लगायत गाउँबाट आर्थिक संकलन गरि सहयोग हस्तान्तरण गरेका थिए । उहाँको उपचारका लागि सहयोग गर्न चाहनेहरुले ९८६५०८०३५४ मा सम्पर्क गर्न सक्नुहुने छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २२:१५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology