गण्डकी, १७ बैशाख । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टरको अवशेष धौलागिरी हिमालको बेसक्याम्प नजिकै भेटिएको छ। धौलागिरी बेस क्याम्पबाट एक किलोमिटरको दुरीमा एयर डायनेष्टीको नाइन एन एसीआर लेखिएको हेलिकप्टरको अवशेष भेटिएको हो ।
नेपाली हिमाल सफाइमा निस्केकोसेनाको टोलीले हेलिकप्टर र दुई वटा शव फेला पारेकोसैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो । हेलिकप्टरभन्दा केही पर शव फेला परेको र ती शवको पहिचान भइनसकेको पौडेलको भनाइ छ ।
सेनासहित स्थानीय निकाय, संघसंस्था तथा स्थानीयको समन्वयमा सगरमाथासहित ६ वटा हिमाल सफाइ भइरहेको पनि पौडेलले जानकारी दिनुभयो । अस्ति फेला परेको हेलिकप्टरको अवशेष र शवका विषयमा सेनाले आज जानकारी गराएको हो ।
१२ गतेबाट सुरु भएको सफाइ अभियान अन्तर्गत हिजोसम्ममा ५ हजार १ सय ५४ केजी फोहोर सङ्कलन भएको सेनाले जनाएको छ ।