Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवन सहित २२ जिल्लामा डरलाग्दो गरी कोरोना सङ्क्रमण फैलिइरहेकोले संवेदनशील बन्न स्वास्थ्य मन्त्रालयको आग्रह 

चितवन सहित २२ जिल्लामा डरलाग्दो गरी कोरोना सङ्क्रमण फैलिइरहेकोले संवेदनशील बन्न स्वास्थ्य मन्त्रालयको आग्रह 

images

इच्छाकामना न्युज

१७, बैशाख २०७८
चितवन सहित २२ जिल्लामा डरलाग्दो गरी कोरोना सङ्क्रमण फैलिइरहेकोले संवेदनशील बन्न स्वास्थ्य मन्त्रालयको आग्रह 
images

चितवन, १७ बैशाख । स्वास्थ्य मन्त्रालयले चितवन सहित २२ जिल्लामा डरलाग्दो गरी कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको जनाएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोकलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ ।

त्यस्तै कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा सङ्क्रमणदर डरलाग्दो गरी फैलिरहेको सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले आज जारी गरेको अपिलमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको उल्लेख गरेको छ ।

अपिल मार्फत मन्त्रालयले सबैलाई संवेदनशील हुन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । सङ्क्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाऔँ, भौतिक दुरी कायम गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔँ) नै उत्तम उपाय भएको अपिलमा भनिएको छ ।

कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा नगर्न नगराउन र सार्वजनिक स्थलमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । 

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २०:१५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology