Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

लालबन्दी प्रहरीको सफलताः ठक्कर दिएर फरार ट्रक र ट्रक चालक १२ दिनपछि पक्राउ 

लालबन्दी प्रहरीको सफलताः ठक्कर दिएर फरार ट्रक र ट्रक चालक १२ दिनपछि पक्राउ 

images

रमेश अधिकारी( रितिक)

१७, बैशाख २०७८
लालबन्दी प्रहरीको सफलताः ठक्कर दिएर फरार ट्रक र ट्रक चालक १२ दिनपछि पक्राउ 
images

सर्लाही, १७ बैशाख ।  सर्लाहीको लालबन्दीमा रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले मोटरसाईकललाई ठक्कर दिई फरार रहेको ट्रक र ट्रक चालक नियन्त्रणमा लिईएको छ ।

वैशाख ५ गते राती  करिब १ः ३० बजेको समयमा  लालबन्दी नगरपालिका ७ पुर्व पश्चीम लोकमार्ग अन्तर्गत डुमडुमे पुलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ०४९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर फारर रहेको लु १ ख ८५३८ नम्बरको ट्रक र ट्रकका चालकलाई  नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो  ।

वैशाख ५ गते  राती  करिब १ः ३० बजेको समयमा  मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको लु १ ख ८५३८ नम्बरको ट्रक र ट्रकका चालक रौतहटको चन्द्रपुर नगरपालिका २ बस्ने वर्ष अन्दाजी ४९ का कृष्ण बहादुर लामिछानेलाई प्रहरीले सिसिटिभि फुटेजको सहायतमा करिब १२ दिनमा नियन्त्रणमा लिएको हो ।

ट्रक र ट्रकका चालक ठक्कर दिएर फरार भएपछि  तत्काल नम्बर नखुलेको गाडीको खोज तलास गर्ने क्रममा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत विभिन्न जिल्लाका विभिन्न स्थानमा जडान भएका सिसिटिभि फुटेजहरुबाट हेर्दा ट्रक पर्साको विरगञ्जमा फेला परेको प्रहरी निरिक्षक थापाले जानकारी दिनु भयो ।

ट्रकको ठक्करबाट मोटरसाईकल चालक धनुषाको जनकपुर उप महानगरपालिका १८ बस्ने अन्दाजी वर्ष २८ का सुनिल गिरी र सोही मोटरसाईकलमा सवार सोही स्थान निवासी वर्ष अन्दाजी २७ का संजित दास घाईते थिए  । घाइते भएका दुई जना मध्य  मोटरसाईकलमा पछाडी सवार दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

पर्सा विरगंजबाट नियन्त्रणमा लिइएको ट्रक र ट्रकका चालक लामिछानेलाई ईलाका प्रहरी कार्यालय लालबन्दी ल्याई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक थापाले जानकारी दिनु भयो ।

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - १९:५७:५५ बजे

रमेश अधिकारी( रितिक)

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology