Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीको संग्रामपुर सिमा नाकाबाट खुलेआम रुपमा आवतजावत, सुरक्षाकर्मी लाईन मिलाउन मै व्यस्त

सर्लाहीको संग्रामपुर सिमा नाकाबाट खुलेआम रुपमा आवतजावत, सुरक्षाकर्मी लाईन मिलाउन मै व्यस्त

रमेश अधिकारी( रितिक)

१७, बैशाख २०७८
सर्लाहीको संग्रामपुर सिमा नाकाबाट खुलेआम रुपमा आवतजावत, सुरक्षाकर्मी लाईन मिलाउन मै व्यस्त

सर्लाही, १७ बैशाख । सर्लाहीको पर्सा गाउँपालिकास्थित संग्रामपुर नाकामा नेपाल भारततर्फ आउजाउ गर्नेहरुको लर्को छ । सिमानाकाका साथै खेतको बाटो प्रयोग गरि दिनभर हजारैँ मानिसहरु निर्वाध रुपमै ओहोर दोहोर गर्ने गरेका छन् । कसैले टाउकोमा ठूल्ठूला पोका बोकेका छन् भने केहीले हातमा समान भरिएको झोला झुन्डाएका छन् ।

images

सिमा पार हुने बाटो नहुँदा बिहेवारी तथा मरनमारनको कामको समान पनि मानिसले बोकेरै सिमावारीपारि गरिरहेका छन् । प्रहरी चौकी र बोर्डर आउट पोष्टको नजिकैको बाटो समेत प्रयोग गरि भन्सार छलीका सामानहरु चिनी,मरिच,जिरा,कपडा,चामल तथा सुर्ति जन्य पर्दाथको ओसार पसार हुने गरेको पाइएको छ । 

बोर्डर आउट पोष्ट संग्रामपुरको सिमाक्षेत्र ७ किलो मिटरको दुरी पर्दछ । सो सिमाबाट पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत भइरहेको छ । बाहिरबाट नयाँ मानिसहरु आएको समयमा केही कडाई गरेपनि अरु समयमा खुलेआम रुपमा सामानहरु ओसार पसार गर्न दिने गरेको पाइएको छ ।

सुरक्षार्थ सशस्त्र प्रहरी सिमामा खटिएका भएपनि उनिहरुकै मिलेमतोमा भन्सार छलीका सामानहरु खुलेआम रुपमा आउने गरेका छन् । संक्रमणको बेला वारिपारि हिँड्नेको तथ्यांक समेत संग्रामपुर नाकामा राखिएको छैन । पारी दशगजामा रहेको पिलरकै छेउमा भारतिय सुरक्षाकर्मीहरु पहरा दिएर बसेका छन् । 

स्वास्थ्य परिक्षण बिनै निर्वाध रुपमा संग्रामपुर नाकाबाट आउजाउ भइरहेको छ । प्रदेश २ का सबै जिल्लाहरुको सिमाना खुल्ला रहेको छ । 

सबै निकायले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । नत्र स्थिति भयावह हुनेछ । संक्रमण बढेपनि प्रदेशका ८ वटै जिल्लाका मुल नाकामा कडाइ गरिएको शसस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी चन्द्र प्रकाश गौतमले बताउनु भयो ।

सिमामा सतर्कता नअपनाई यस्तै लापरबाही गरिरहे अवस्था भारतजस्तै भयावह हुने जनस्वास्थय विज्ञले चेतावनी दिँदै आएका छन् । भने सरकोकारबाला निकाय मौन बसेको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - १९:४९:४२ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology