Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल क्रिकेट लिगमा आज दुई खेल हुँदै 

आईपीएल क्रिकेट लिगमा आज दुई खेल हुँदै 

images

एजेन्सी

१६, बैशाख २०७८
आईपीएल क्रिकेट लिगमा आज दुई खेल हुँदै 
images

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

चौथों स्थानमा रहेको मुम्बई र पुछारबाट दोस्रो स्थानमा रहेका राजस्थानबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ ।यस्तै आजै हुने अर्को खेलमा कोलकोत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यी दुई टोलीबीचको खेल साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा चेन्नई सुपर किंग्सले जित हात पार्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

गयराति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ्ग राजेको हैदराबादलाई चेन्नईले ७ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । 

 

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १०:२०:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology