पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक मात्रै खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । धनगढी र ललितपुरबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
राष्ट्रिय टिमका कप्तान समेत रहनुभएका गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो ।
तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । धनगढी ललितपुरलाई हराएर लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ । धनगढी २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । प्रतियोगितामाललितपुर भने पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर २ खेलमा १ अङ्क जोडेर पुछारमा रहेको छ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा ललितपुरले एफसी चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो ।