Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ नाघ्यो 

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ नाघ्यो 

images

एजेन्सी

१६, बैशाख २०७८
विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ नाघ्यो 
images

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड नाघेको छ । गत २४ घन्टामा थप ८ लाख ८५ हजार ५ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड २ लाख १२ हजार ५१ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप १५ हजार २ सय ८४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३१ लाख ६३ हजार ४ सय ९८ पुगेको छ ।

हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १२ करोड ७७ लाख २७ हजारभन्दा बढी स्वस्थ भएका छन् । गत २४ घन्टामा थपिएका सङ्क्रमित मध्ये भारतमा सबैभन्दा धेरै ३ लाख ७९ हजार ४ सय ५९, ब्राजिलमा ७७ हजार २ सय ६६, अमेरिकामा ५६ हजार ६ सय ४, टर्कीमा ४० हजार ४ सय ४४, फ्रान्समा ३१ हजार ५ सय ३९ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १०:१५:५६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology