Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज देशका अधिकांश स्थानमा मौसम बदली रहनेः मौसम पूर्वानुमान महाशाखा 

आज देशका अधिकांश स्थानमा मौसम बदली रहनेः मौसम पूर्वानुमान महाशाखा 

images

इच्छाकामना न्युज

१६, बैशाख २०७८
आज देशका अधिकांश स्थानमा मौसम बदली रहनेः मौसम पूर्वानुमान महाशाखा 
images

चितवन, १६ बैशाख । जल तथा मौसम पूर्वानुमा महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली रहने जनाएको छ । महाशाखाले आज दिनभर आंशिकदेखि सामान्य बदली रहने बताएको हो ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सफा छ। मौसम सम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरेको छ ।

अपराह्नतिर देशका पहाडी भू–भागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख गरिएको छ।राति देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १०:१३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology