Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजदेखि वैशाख ३० गतेसम्म देशभरका विद्यालय बन्द

आजदेखि वैशाख ३० गतेसम्म देशभरका विद्यालय बन्द

images

सिआईएन

१६, बैशाख २०७८
आजदेखि वैशाख ३० गतेसम्म देशभरका विद्यालय बन्द
images

काठमाण्डौ, १६ बैशाख । सरकारले आजदेखि वैशाख मसान्तसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुवैशाख ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले भौतिक उपस्थिति नभई भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ । नेपालभारत स्थलगत सीमा मार्गहरु नजिकै पायक पर्ने स्थानमा नेपाली सेनाले होल्डिङ सेन्टर बनाउने र जिल्ला प्रशासनले जग्गा व्यवस्था गरे अर्थमन्त्रालयले बजेट निकासा दिने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

सरकारले कोभिड बिरामीको उपचारका लागि पर्याप्त अक्सिजनको सिलिन्डर हुने गरि तत्काल आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १०:११:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology