Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शहिद लखन गाउँपालिकाद्वारा घैरुङमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन वार्ड निर्माण

शहिद लखन गाउँपालिकाद्वारा घैरुङमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन वार्ड निर्माण

images

इच्छाकामना न्युज

१६, बैशाख २०७८
शहिद लखन गाउँपालिकाद्वारा घैरुङमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन वार्ड निर्माण
images

घैरुङ, १६ बैशाख । दोश्रो लहरको कोरोना सङक्रमण बढेसँगै शहिदलखन गाउँपालिका गोरखाले पालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा आइसोलेसन वार्ड निर्माण गर्न थालेको छ । पालिकाको घैरुङ स्वास्थ्य चौकी मातहत रहने गरी ७ वेडको आइसोलेसन निमार्ण गरिएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए ।

बेडमा ज्वरो नाप्नका लागि डिजिटल थर्मोमिटर, प्रेसर र अक्सिजन नाप्ने डिजिटल यन्त्र सहित स्वास्थ्य किट र अक्सिजन सिलिण्डर राखिएको छ ।

नौ वटा वडा रहेको गाउँपालिका भित्रका अन्य वडामा पनि अक्सिजन राखिएको छ । पालिका भित्र देखा परेका विरामीहरुमा थप समस्या परेमा घैरुङ स्थित आइसोलेशन वार्डमा ल्याएर उपचार गर्ने योजना पालिकाले बनाएको हो । विरामीहरुलाइ घर घरमा पुगेर स्वास्थ्य सामग्री प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।

नागरिकहरुको स्वास्थ्यलाइ केन्द्रीत गरी  आवश्यक अन्य तयारीका लागि गाउँपालिकामा विपद व्यवस्थापन समितिको वैठक बसेर निर्णय लिइने गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - ०९:५८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology