Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तीन दिनमा ५ लाख भन्दा बढिले काठमाण्डौ छोडे

तीन दिनमा ५ लाख भन्दा बढिले काठमाण्डौ छोडे

images

इच्छाकामना न्युज

१६, बैशाख २०७८
तीन दिनमा ५ लाख भन्दा बढिले काठमाण्डौ छोडे
images

काठमाण्डौं, १६ बैशाख  । पछिल्लो तीन दिनमा पाँच लाखभन्दा धेरैले काठमाण्डौ छोडेका छन् । आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भए पछि राति दुई, तीन बजेसम्म पनि यात्रु सडकमा गाडी कुरेर बसेका थिए ।

राति अबेरसम्म सडकमा गाडी पर्खिएका केही यात्रु गाडी नपाएपछि अलपत्र परेका छन् । अलपत्र परेका यात्रुलाई कसरी घर पठाउने भन्नेबारे सम्बन्धित निकायको निर्णय पर्खेर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

हिजो काठमाण्डौको नयाँ बसपार्क, कलङ्की, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा यात्रुको सबैभन्दा धेरै भीड थियो । गाडी र यात्रुको चापका कारण मुख्य नाका नागढुङ्गा सडकखण्डमा लामो जाम भएको थियो । काठमाण्डौ उपत्यका बाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि नाकामा गाडीको आवागमन अस्तव्यस्त बनेको थियो ।

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - ०९:४९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology