Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल क्रिकेट लिगमा आज चेन्नई र हैदरावादबीच खेल हुने 

आईपीएल क्रिकेट लिगमा आज चेन्नई र हैदरावादबीच खेल हुने 

images

एजेन्सी

१५, बैशाख २०७८
आईपीएल क्रिकेट लिगमा आज चेन्नई र हैदरावादबीच खेल हुने 
images

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज पनि एक मात्र खेल हुने भएको छ । आज हुने खेलमा लिगको दोस्रो स्थानमा रहेको चेननई सुपर किंग्स र अन्तिम स्थानमा रहेको सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।

दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने आजको खेल साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।

गयराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोरलिगको शिर्ष स्थानमा उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको बैंगलोरले १ सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय७० रन मात्र बनाउन सक्यो । 

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - ०९:४२:१४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology