काठमाण्डौ, १५ बैशाख । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । चितवन र बुटवलबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
भरत खवासको कप्तानीमा रहेको चितवन आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो ।
यता, बुटवल भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो ।यस्तै दोस्रो खेलमा विराटनगर एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर र पोखराबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । रंजित धिमालको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३–० ले पराजित गरेको थियो ।
नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा भने पहिलो जित निकाल्न चाहन्छ ।पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग पराजित भएको थियो ।