चितवन, १४ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका २ बाँसपुरका राम माया गुरुङको उपचारका लागि आर्थिक अभाव भएको छ । विगत एक बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको आर्थिक अभावका कारण उपचार हुन नसकेको हो।
हड्डीको टिबीका कारण शरिरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक बर्ष भइसेको छ । थेरापी विधिबाट उपचार सम्भव हुने भएपनि आर्थिक अभावका कारण घर फिर्ता गरेपछि उहाँको अवस्था झन् जटिल बन्दै गएको उहाँका आफन्त तिर्सना गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरानो मेडिकल कलेजमा हड्डीको अप्रेसनपछि डाक्टरको सल्लाह अनुसार थेरापी सेन्टर लगिएको थियो । दुई महिना थेरापी सेन्टरमा उपचार गराउँदा केही सुधार आए पनि आर्थिक जुटाउन नसकेपछि घर फिर्ता गरिएको हो । थेरापी सेन्टरबाट घर फिर्ता गरिएपछि उहाँको अवस्था झन् जटिल बन्दै छ । आर्थिक सहयोगका लागि उहाँले सबैसंग अपिल गर्नुभएको छ ।
आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ ।
डाक्टरले उपचार सम्भव भएको बताएकाले आर्थिक जुटेमा तत्काल अस्पतला लैजाने बताउनुभयो ।
उपचारका लागि देश तथा विदेशबाट केही रकम जुट्न सुरु भएको र सहयोग गर्ने प्रतिवद्धता पनि आएकाले चाडैँ उपचारका लागि अस्पताल लैजाने उहाँले बताउनुभयो ।
श्रीमान् याम बहादुर गुरुङका अनुसार उपचारका क्रममा १० लाख भन्दा बढी खर्च भइसकेको छ ।उहाँको उपचारका लागि सहयोग गर्न चाहनेहरुले ९८६५०८०३५४ मा सम्पर्क गर्न सक्नुहुने छ ।