Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नुवाकोटको गाउँमा पर्यटक भित्राउन पार्क निर्माण 

नुवाकोटको गाउँमा पर्यटक भित्राउन पार्क निर्माण 

इच्छाकामना न्युज

१४, बैशाख २०७८
नुवाकोटको गाउँमा पर्यटक भित्राउन पार्क निर्माण 
images

देवचन्द्र भट्ट, नुवाकोट, १४ बैशाख । गाउँमा पर्यटन पवद्र्धनका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकामा आकर्षक पार्क निर्माण गरिएको छ । तामाङ समुदायको उल्लेख्य वसोवास रहेको म्यागङ वडा नं. ६ र ३ को सिमानामा “टुडी पार्क” निर्माणाको अन्तिम चरणमा पुगेको छ ।

images
images

गाउँपालिकाको मध्यभागमा रहेको स्थानमा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने समयमा दरबार निर्माण गरि राज्य सञ्चालन गरेको भन्ने ऐतिहासिक महत्व पनि रहेको छ । साथै त्यस दरवारमा रहने महारानीले इनारको पानीले नुहाउने गरेको थियो भन्ने मान्यता पनि रहेको छ ।

सोही इनार वरिपरिको चौरमा पानी जम्ने गरेको थियो । म्यागङ गाउँपालिका स्थापना पश्चात पर्यटन प्रवद्र्धन गर्ने उदेस्य सहित इनारलाई केन्द्रविन्दुमा पारेर पार्क निर्माणको कार्य थालनी गरिएको हो ।

पार्कको डिपिआर ८ करोड रुपैयाँ बराबरको तयार पारिएको गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा १ करोड ७२ लाख रुपैयाँ बराबरको संरचना निर्माण गरिएको थियो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले बाँकी संरचना निर्माणको लागि २० लाख रुपैयाँ विनियोजन गरेको र काम अघि बढिरहेको गाउँपालिकाका उपाध्यक्ष लामाले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १९:०९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology