Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन 

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन 

इच्छाकामना न्युज

१४, बैशाख २०७८
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन 

काठमाण्डौ, १४ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ ।  

images

मन्त्रालयले आज सचिवस्तरीय निणर्य गर्दै  कोभिड १९ सङ्क्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने सङ्क्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि लामो बिदा बसेका कर्मचारी तुरुन्त बोलाउन पनि निर्देशन दिएको छ ।

 मन्त्रालयले  अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत  जनशक्तिको पालो निर्धारण गरि सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न,  स्वीकृत जनशक्ति भएको र थप जनशक्ति आवश्यक भएमा ५ महिनाको लागि करार सेवामा लिन पनि निर्देशन दिएको छ ।

अस्पतालको बेड, जनशक्ति र  सङ्क्रमित बिरामीको संख्याको आधारमा बहिरङ्ग सेवा, इलेक्टीभ सर्जरी लगायतका सेवा हाललाई स्थगित गर्ने तर आकस्मिक सेवा सुनिश्चित गर्न पनि स्वास्थ्य मन्त्रलायले अस्पतालहरुलाई निर्देशन दिएको छ ।  

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १९:०४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology