Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बढी शूल्क नलिन नीजि प्रयोगशालाहरूलाइ स्वास्थ्य मन्त्रालयको निर्देशन 

बढी शूल्क नलिन नीजि प्रयोगशालाहरूलाइ स्वास्थ्य मन्त्रालयको निर्देशन 

images

इच्छाकामना न्युज

१४, बैशाख २०७८
बढी शूल्क नलिन नीजि प्रयोगशालाहरूलाइ स्वास्थ्य मन्त्रालयको निर्देशन 
images

काठमाण्डौ, १४ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारले तोके भन्दा बढी शूल्क नलिन नीजि प्रयोगशालाहरूलाइ निर्देशन दिएको छ । पीसीआर परीक्षणका नाममा नीजि प्रयोगशालाहरूले थप रकम असुल्ने गरेको गुनासो मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले त्यस्ता प्रयोगशालालाई तोकिए भन्दा बढी शुल्क नलिन चेतावनी दिएको हो ।

सरकारले कोरोना सङ्क्रमण पहिचान गर्न पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ ।  तर, कतिपय अस्पताल तथा प्रयोगशालाले सङ्क्रमण रोकथाम लगायतको बहानामा थप शुल्क लिने गरेको गुनासो आएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन सार्वजनिक सुचना जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज पीसीआरको शुल्क सम्वन्धमा  सार्वजनिक सूचना जारी गर्दै यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूची बाटै हटाइने  चेतावनी दिनुभएको छ । 

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १९:०२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology