काठमाण्डौ, १४ बैशाख । पछिल्लो २४ घण्टमा देशभर चार हजार ५ सय २४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६ सय ७२ पिसिआर र १ हजार ९ जनाको एन्टीजेन परीक्षण गर्दा चार हजार ५ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सङ्क्रमित हुनेको सख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार २२५ पुगेको छ । हालसम्म २ लाख ७८ हजार ५ सय ६ सङ्क्रमित निको भइसकेका छन् ।