Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रमित भए लकडाउन गर्न सिफारिस, चितवनमा लकडाउन हुने सम्भावना बढ्यो

पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रमित भए लकडाउन गर्न सिफारिस, चितवनमा लकडाउन हुने सम्भावना बढ्यो

इच्छाकामना न्युज

१२, बैशाख २०७८
पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रमित भए लकडाउन गर्न सिफारिस, चितवनमा लकडाउन हुने सम्भावना बढ्यो

चितवन, १२ वैशाख । पाँच सय जना सक्रिय कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको ठाउँमा लकडाउन गर्ने गरी सरकारले तयारी थालेको छ ।

images

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्न सिफारिस गरेको छ । सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ ।

पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।

यस निर्णयसंगै चितवनमा पनि लकडाउन हुने संभावना बढ्दै गइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार दिउँसोसम्ममा सक्रिय संक्रमितको संख्या ३२४ रहेको छ । जिल्लामा हालसम्म संक्रमितको संख्या ७ हजार २७५ पुगेको छ भने ११६ जनाको मृत्यु भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा लकडाउन गर्ने या नगर्ने, कोभिडलाई नियन्त्रण गर्ने बारेमा भोलि (सोमबार) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठक बस्न लागेको जानकारी दिए । उनले सो बैठकबाट कस्तो कदम चाल्ने भन्ने बारेमा ठोस निर्णय गरिने बताए ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - २२:५८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology