काठमाण्डौ, १२ बैशाख । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भोलि (सोमबार)देखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।