Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आँबुखैरेनीको २ ठाउँबाट नगद करिब २ लाख सहित ७ जना जुवाडे पक्राउ

आँबुखैरेनीको २ ठाउँबाट नगद करिब २ लाख सहित ७ जना जुवाडे पक्राउ

images

इच्छाकामना न्युज

१२, बैशाख २०७८
आँबुखैरेनीको २ ठाउँबाट नगद करिब २ लाख सहित ७ जना जुवाडे पक्राउ
images

आँबुखैरेनी, १२ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाको २ स्थानबाट करिब २ लाख रुपैयाँ नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन्। गाउँपालिकाको वडा नंं. १ आँधिमुल नजिकै र वडा नं. ३ स्थित आँबुखैरेनी बजार डाँडाटोलबाट अवैध रुपमा कौडा र जुवातास खेलिरहेको अवस्थामा जुवाडे पक्राउ परेका हुन्। 

गाउँपालिकाको वडा नंं. १ आँधिमुल नजिकैबाट पक्राउ पर्नेहरुमा कदम गुरुङ, क्षेत्र बहादुर गुरुङ र विष्णुराज पन्त रहेका छन्। उनीहरुको साथबाट प्रहरीले १६ थान कौडाका साथै ७६ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ। 

यस्तै आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित आँबुखैरेनी बजार डाँडाटोलबाट जुवा तास खेलिरहेको अवस्थामा खेलाउने स्थानीय मन बहादुर श्रेष्ठ सहित खेलमा संलग्न हुने पुर्ण बहादुर संग्रौला, दिपक श्रेष्ठ, नरेन्द्र तामाङ, आकास तामाङ,  बिरेन्द्र राउत बरही लगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट प्रहरीले १ लाख ११ हजार ३५ रुपैयाँ बरामद गरेको छ। 

उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई जुवा तास मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

 

उल्लेखित समाचारमा पक्राउ परेको स्थान आँबुखैरेनी १ आँधिमुल र पक्राउ पर्नेहरुको स्थायी ठेगाना फरक पर्न गएकोले सच्याईएको जानकारी गराउदछौं। सं.

images
प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - २२:०४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology