चितवन, १२ बैशाख ।
चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने निर्माणाधीन पुलमा काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा एक जनाको ज्यान गएको छ। भारतीय नागरिक ४३ वर्षीय विजय यादवको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहान ९ बजेतिर पुलमा ट्रस राख्ने क्रममा ट्रससहित उनीहरु नदीमा खसेका लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार हराइरहेका दुई जनाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरीसहित उद्दार टोली खटिएका छन् ।