हेटौँडा, १२ बैशाख ।
वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि निजी तथा सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ।
हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको भनाइ छ ।
यस्तै आजदेखि मकवानपुर भरको पर्यटकीय क्षेत्र पार्क र वनभोजस्थल समेत बन्द गर्ने निर्णय भएको छ । सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।