Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज विश्व औलो दिवस

आज विश्व औलो दिवस

images

इच्छाकामना न्युज

१२, बैशाख २०७८
आज विश्व औलो दिवस
images

काठमाण्डौं, १२ बैशाख ।
आज विश्व औलो दिवसको अवसरमा सरकारले अन्य वर्ष झै यस वर्ष भव्य कार्यक्रमको आयोजना नगरि मनाउने भएको छ । “शून्य औलोको लक्ष्यमा पुग्दैछौ” भन्ने नाराका साथ सरकारले यो दिवस मनाउन लागेको हो । 
सरकारले सन् २०२५ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ । सोही उद्देश्यका साथ औलोका विषयमा विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । तर, सरकारका क्रियाकलाप गत एक वर्षदेखि कोरोना महामारीका कारण प्रभावित बनेको छ । 
कोरोना महामारी सुरु भएको वर्ष सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा औलो रोग देखिएको थियो । तर, हाल यो रोगबाट संक्रमित हुने र मृत्यु हुने दर भने स्थिर जस्तै छ । नेपालमा विशेषगरी सुदरपश्चिम भेगमा औलाका बढी बिरामी देखिन्छन् । यसमा पनि कैलाली जिल्लामा मलेरियाका बिरामी बढी भेटिन्छन् । एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । 

images
प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - ०८:५१:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology