Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

लायन्स क्लब अफ आँबुखैरेनी सिटिको अध्यक्षमा ऋषि केसी

लायन्स क्लब अफ आँबुखैरेनी सिटिको अध्यक्षमा ऋषि केसी

images

इच्छाकामना न्युज

११, बैशाख २०७८
लायन्स क्लब अफ आँबुखैरेनी सिटिको अध्यक्षमा ऋषि केसी
images

आँबुखैरेनी, ११ बैशाख । 
लायन्स क्लब अफ आँबुखैरेनी सिटिको चौथो वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्य समिती चयन गरेको छ । उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाइ समितीको सभाहलमा आज बिहान सम्पन्न सिटिको चौथो वार्षिक साधारण सभाले लायन वर्ष २०२१/२०२२ को लागि नयाँ कार्य समिती चयन गरेको हो । 
सभाले सर्वसम्मत रुपमा सिटिको अध्यक्षमा लायन ऋषि केसी, प्रथम उपाध्यक्षमा लायन देव बहादुर श्रेष्ठ र द्वितीय उपाध्यक्षमा लायन अगमराज उपाध्ययलाई चयन गरेको लायन्स क्लब अफ आँबुखैरेनी सिटिले जनाएको छ । 
लायन्स क्लवका वर्तमान अध्यक्ष शिब खनालको अध्यक्षमा  भएको कार्यक्रममा चार्टर प्रेसिडेन्ट रत्नकुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । निर्वाचन समिति संयोजक एवं निर्वतमान अध्यक्ष प्रेमकुमार श्रेष्ठले उक्त अबसरमा धारणा राखेका थिए ।

images
प्रकाशित मिति :बैशाख ११, २०७८ शनिवार - २१:४०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology