Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपाल आदिवासी जनजाति कलाकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा शंकर विरही गुरुङ 

नेपाल आदिवासी जनजाति कलाकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा शंकर विरही गुरुङ 

images

इच्छाकामना न्युज

११, बैशाख २०७८
नेपाल आदिवासी जनजाति कलाकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा शंकर विरही गुरुङ 
images

पोखरा, ११ वैशाख ।
आदिवासी जनजाति कलाकारहरुको प्रथम गण्डकी प्रदेश भेलाले चर्चित लोकगायक शंकर विरही गुरुङको अध्यक्षतामा २५ सदस्यिय नेपाल आदिवासी जनजाति कलाकार महासंघ गण्डकी प्रदेश समिति गठन गरेको छ।
पोखरा ९ नयाबजारस्थित तमु धीं नेपालमा सम्पन्न भेलाले समितिको वरिष्ठ उपाध्यक्षमा
माया गुरुङ, करण तामाङ प्रथम उपाध्यक्ष,सरिता सारु मगर द्वितिय उपाध्यक्ष, दुर्गा गुरुङ महिला उपाध्यक्ष, सुरेन्द्र गुरुङ महासचिब,टस गुरुङ सचिब,ज्योति गुरुङ महिला सचिब,दिलु लामा कोषाध्यक्ष र बसन्ति थापा मगर सह कोषाध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
यसरी नै कार्यसमिति सदस्यहरुमा चिना थापा मगर,सबिना गुरुङ, गुप्त गुरुङ, संगिता गुरुङ, प्रशान्त तामाङ, कुमारी बुढा मगर,निश्चल थापा,बत्ति थापा मगर,रमा राना,सनम तामाङ, बिमल भुजेल, रबिना गुरुङ, पृथ्वी भुजेल, सन गुरुङ र रेणु रेलामे मगर रहनु भएको छ।
नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि तमु धी नेपालका अध्यक्ष एवम निर्वाचन समिति संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो भने वरिष्ठ लोकगायिका माया गुरुङले टीका, नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुन मगरले खादा बाट बढाईका साथै नेपाल तामाङ घेदुङ संघीय सचिवालय सदस्य दीपक तामाङ, जिफान अध्यक्ष भोज गुरुङ, किरात सेवा समिति कास्की अध्यक्ष लोकेन्द्र राई, ह्योल्मो समाज कास्की सचिव पूर्ण लामा, निर्वाचन समिति सदस्य कृष्ण कुमार गुरुङ लगायतले बधाइका साथै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शंकर विरही गुरुङले गण्डकीका जनजाति कलाकारको एकता, क्षमता अभिवद्धिका साथै आदिवासीको अभियानमा सशक्त रूपले लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
निर्वाचन समितिमा संयोजक हुमबहादुर गुरुङ, सदस्यहरुमा पूर्ण लामा, लोकेन्द्र राई, संगीता पुन र कृष्णकुमार गुरुङ रहनु भएको थियो।
भेला आयोजक समिति संयोजक सुरेन्द्र गुरुङ को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि तमु धी नेपाल अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन, करण तामाङले स्वागत, शंकर विरही गुरुङले सञ्चालन गर्नुभएको थियो।
 बरिष्ठ गायिका माया गुरूङ राष्ट्रपति बाट प्रबल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएकोमा उक्त कार्यक्रममा सम्मान गरिएको थियो।

images
प्रकाशित मिति :बैशाख ११, २०७८ शनिवार - २१:३५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology