Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा एकैदिन ३ लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ३ लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि

images

इच्छाकामना न्युज

११, बैशाख २०७८
भारतमा एकैदिन ३ लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाण्डौ, ११ बैशाख ।
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ ।
त्यसैगरी ज्यान गुमाउनेको संख्या पनि अधिक बढेको छ । भारतमा पछिल्लो २४ घण्टामा २ हजार ६२१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
जसअनुसार कोरोना संक्रमणका कारण मृतकको कुल संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । भारतमा अझै पनि २५ लाख ५० हजार ७८८ जना सक्रिय संक्रमितहरु रहेका छन ।त्यसैगरी गएको २४ घण्टामा एक लाख ९२ हजारभन्दा धेरैले कोरोनालाई जितेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा निको हुनेको सङ्ख्या एक करोड ८६ लाखभन्दा धेरै पुगेको छ ।

 

images
प्रकाशित मिति :बैशाख ११, २०७८ शनिवार - ०७:३९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology