काठमाण्डौं, ११ बैशाख ।
आज लोकतन्त्र दिवस मनाइदै छ। विं.स. २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ ।तत्कालिन राजा ज्ञानेन्द्र शाहले विं सं २०५९ जेठ ८ गते संसद विघटन गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए ।
सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्किएको थियो । ६२/६३ को जनआन्दोलनका कारण वि.सं. २०६३ वैशाख ११ गते तत्कालिन राजा शाह संसद पुनःस्थापना गर्न बाध्य भएका थिए ।तत्कालिन राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए ।
नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौंं शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै हरेक वर्ष विविध कार्यक्रमसहित लोकतन्त्र दिवस मनाउने गरिन्छ ।