चितवन, १० बैशाख ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरीमा आज (शुक्रबार) सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
मनहरी–९ खरंगामा ट्रक र अटो ठक्कर खाँदा एक जनाको ज्यान गएको हो । हेटौंडा जादैं गरेको ना ५ ख ४७४० नम्बरको ट्रकको ठक्करबाट ना १ ह ७१८४ नम्बरको अटोका चालक मनहरी–९ बस्ने अन्दाजी ३०/३१ बर्षका कुमार राना मगरको घटनास्थलमै ज्यान गएको हो।
त्यसैगरी अटोमा सवार सोही ठाउँ बस्ने ५३ बर्षीय अर्जुन कुमार स्याङ्तान र निजको छोरा १० बर्षीय सन्देश स्याङ्तान घाइते भएको निमित्त मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले बताएका छन।घाइतेहरूको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ। ट्रक प्रहरी नियन्त्रणमा रहेपनि चालक भने फरार रहेकोले खोजी कार्य भइरहेको जनाइएको छ।