कैलाली, १० बैशाख ।
कैलालीमा आइसोलेसन लैजाने क्रममा सातजना कोरोना संक्रमित एम्बुलेन्सबाटै भागेका छन ।
बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका सातजना भारतीय नागरिकको त्रिनगर नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा भागेका सँगै बसेका संक्रमितलाई उद्धृत गर्दै त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए। उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ।