Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

 भारतको दिल्लीमा अक्सिजन अभावमा २५ जनाको मृत्यु

 भारतको दिल्लीमा अक्सिजन अभावमा २५ जनाको मृत्यु

images

एजेन्सी

१०, बैशाख २०७८
 भारतको दिल्लीमा अक्सिजन अभावमा २५ जनाको मृत्यु
images

काठमाण्डौ, १० बैशाख ।
 भारतको दिल्लीमा अक्सिजन अभावमा २५ जना बिरामीको मृत्यु भएको पाइएको छ भने ६० जना ज्यान उच्च जोखिममा परेको दिल्लीको सर गंगाराम अस्पतालका निर्देशकले बताएका बीबीसी हिन्दीले जनाएको छ ।
अस्पतालले अक्सिजन नहुँदा ६० जना गम्भीर बिरामी खतरामा परेका जनाएको छ । गएको २४ घण्टामा यो अस्पतालमा २५ जना बिरामीको  ज्यान गएको छ । उनीहरुलाई अक्सिजनको अभाव भएको स्रोतलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ ।

अस्पतालका निर्देशकले अब आफूहरुसँग दुई घण्टालाई मात्रै पुग्ने अक्सिजन रहेको पनि बताएका छन् । उनले अस्पतालमा रहेका भेन्टिलेटरले काम गर्न छोडेको पनि बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीका अस्पतालहरु बिरामीले भरिएका छन् ।

गएको  २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने यो अवधिमा २ हजार २ सय ५६ जनाको ज्यान गएको छ । 

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - ०९:४०:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology